बारामा जन्ती जाँदा बेहुला चढ्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ।
आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा जन्तीको लागी तयार गरिएको बेहुला चढ्ने रथले किचेर रथमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने १४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका ३ बतराका बनारसी रामकी छोरी १५ वर्षीया निलमकुमारी राम र बाराकै सिम्रौनगढ नगरपालिका ७ जानकीनगरका दिपेन्द्र रामकी पत्नी २५ वर्षीया बालकुमारी राम रहेका बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।