सेती प्रादेशिक अस्पताल धनगढीमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती पुरुषको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा माघ ६ गते कोरोना सङ्क्रमण देखिएको थियो ।