कोरोना सङ्क्रमणका कारण सप्तरीमा थप एक जना पुरुषको शुक्रवार मृत्यु भएको छ ।
मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका- ७ का ६५ वर्षीय एक पुरुष रहेका छन् । बिरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उपचारकै क्रममा शुक्रवार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिलकुमार यादवले जानकारी दिए । उनले भने, ´मृतकले कोरोनाको खोप दुवै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।’
यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका- १ कि ७५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
योसँगै कोरोनाको तेस्रो लहरमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सप्तरीमा २ पुगेको छ ।