आज काठमाडौं उपत्यका भित्र ५ हजार ३०६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा प्रदेश १ मा ६५६ जना मधेश प्रदेशमा ३०९ जना बाग्मती प्रदेशमा ५ हजार ८७० जना गण्डकी प्रदेशमा ५७९ जना लुम्बिनि प्रदेशमा ४४५ जना कर्णाली प्रदेशमा ६९ जना र सुदूरपश्चिम प्रदेशमा २६५ जना गरी कूल १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज काठमाडौंमा ३ हजार ७६२ भक्तपुरमा ४३४ र ललितपुरमा १ हजार ११० जनामा सङ्क्रमण देखिएको हो ।
उपत्यकाका तीन जिल्लाबाहेक अन्य नौँ जिल्लामा पनि १०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मोरङमा २७३, सुनसरी २१२, काभ्रेपलान्चोकमा १०१, चितवनमा १५३, मकवानपुरमा १४७, कास्कीमा ४००, बाँकेमा १४८, रुपन्देहीमा १४९ र कैलालीमा १७० जनामा सङ्क्रमण देखिएको छ ।