नेपाल सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा ओमिक्रोन भेरिएन्टको सङ्क्रमण तिब्र रुपमा फैलिएको हुँदा भिजिट भिसामा खाडि राष्ट्र वा मलेसिया पुगेकाहरू विचल्लीमा पर्ने हुँदा माघ १० गतेदेखि लागू हुने गरी भिजिट भिसामा जान रोक लगाइएको जनाएका छन् ।