नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १०० रुपैँयाले बढेको हो ।
यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य तोलाको १ हजार ३१५ थियो ।