नेपाल आयल नियमले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेको छ । निगमले आज राती १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपैयाँ मूल्यवद्धि गरेको हो ।
यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एलपी ग्यासको मूल्य भने निगमले यथावत राखेको छ ।
मूल्य बढेसँगै आज रातिबाट पेट्रोलको मूल्य प्रतिलिटर रु १३९ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२१ हुनेछ ।
खाने पकाउने ग्याँस (एलपी) ग्याँसको मूल्य भने यथावत अर्थात प्रतिसिलिण्डर १ हजार ५७५ नै रहेको छ ।