आजको राशिफल : २०७८ साल माघ ५ गते बुधबार

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको आधारमा तपाईंलाई मानसम्मान मिल्नेछ । जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । बुधबारका दिन खानेकुरा दान गर्नुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन त्यति अनुकुल देखिदैन । मानसिक चिन्ता, अनसन्तुष्ठी रहन सक्छ । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । यात्रामा हिँडनुअघि घरमा जेष्ठ, श्रेष्ठ सदस्यसँग अनुमति लिनु राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईंले सोचअनुसार काम नहुँदा हुने चिन्ताले एकप्रकारको डर उत्पन्न भइरहन्छ । स्वास्थ्यमा समेत समस्या हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । चन्द्रमाको साथ रहेको छ, आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट सफलता मिल्नेछ । आज बिहान सूर्योनारायणको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । केही घमण्डका कारण आफैले गरेको कार्यबाट हानी हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारव्यवसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । सिर्जनात्मक काममा मन जानेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : योजनामुताविक कार्य गर्नुभयो भने सफल हुनुहुनेछ । बिहान सूर्यको दर्शन गरेर दिनको काम शुरुवात गर्नुभयो भने कार्य सफलता हुनेछ । त्यसैले सकारात्मक सोच र कार्यायोजनाअनुसार काम गर्दा तुला राशिका जातकका लागि आजको दिन शुभ रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट लाभ हुने देखिन्छ । तपाईको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत  कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : साथ सहयोग दिने मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : उत्तम दिन हो आज । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार, लेखन, र विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ । आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । आजको दिन कसैलाई पनि दुवाच्य नबोल्नु होला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईंले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ । अध्ययन लेखनमा समय खर्च गर्नुहोला । स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रा गर्ने काम नगर्नुहोला । आजको दिन कुनै नयाँ पुस्तक अध्ययनको शुरुवात गर्दा निकै राम्रो हुनेछ ।