प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना सङ्क्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना सङ्क्रमण भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा ५–५, भोजपुर र उदयपुरमा ४–४, सङ्खुवासभामा ३, ताप्लेजुङमा २, ओखलढुङ्गा, तेहृथुम र सोलुखुम्बुमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ३८६, बुढीगंगामा २२, बेलबारीमा ९, सुन्दरहरैचामा ८, रंगेली र केराबारीमा ५–५, उर्लाबारी, कटहरी र ग्रामथानमा २–२, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहबीमा ९, इनरुवामा ७, रामधुनीमा ३, देवानगञ्ज, कोसी गाउँपालिका र बराहक्षेत्रमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१, जनामा सङ्क्रमण पुष्टि भएको छ ।
झापाको बिर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बाहृदशी र बुद्धशान्तिमा ३–३, हल्दिबारीमा २, कचनकवल र गौरादहमा १–१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
यसै गरी, इलामको चुलाचुलीमा २, सुर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्केमैयुङमा १ जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।
उदयपुरको त्रियुगामा ४, संखुवासभाको सभापोखरीमा २ र स्थानीय तह नखुलेका १, ताप्लेजुङमा २, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेहृथुमको लालीगुराँस र सोलुखुम्वुको नेचासल्यानमा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ६७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।