पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो ।
१७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।
एकैदिनमा काठमाडौं जिल्लामा मात्रै ४ हजार बढी सङ्क्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै ४ हजार बढीमा सङ्क्रमण पुष्टि...
मङ्गलवार, माघ ४ २०७८आज पिसिआर परीक्षण गरेकामध्ये ४८ दशमलव ८ प्रतिशतमा सङ्क्रमण देखिएको छ । परीक्षण गरेकामध्ये पोजेटिभ देखिनेहरूको ग्राफ उकालोलागिरहेको छ । हिजो ४१ दशमलव र आइतबार ३६ दशमलव १ प्रतिशत र शनिबार ३५ दशमलव ६ प्रतिशतमा सङ्क्रमण देखिएको थियो ।