नेकपा (एमाले)ले ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। भौगोलिकतर्फ ६३ र गैर भौगोलिक तर्फ २ जिल्लामा अधिवेशनहरू सम्पन्न भइ नयाँ नेतृत्व चयन भएको हो।
तर, पाँच जिल्लामा भने अधिवेशन सुरु भएपनि जिल्ला कार्यसमिति चयन हुन सकेको छैन। पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन नसकेको हो।
यस्तै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनको मिति तय हुन नसकेको एमालेले जनाएको छ। कोभिङ–१९ संक्रमणलाई ध्यानमा राखी छिट्टै अधिवेशनको मिति तय हुने छ।
त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि पछि आयोजना गरिने जनाइएको छ।
जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवशेनहरु पनि सम्पन्न भएका एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले गत पुस २३ गते जिल्ला अधिवेशन उद्घाटन गरेका थिए।
हेर्नुस् नामावली :