आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २०.६४ अंकले बढेको छ ।
आजको वृद्धिसँगै नेप्से २९४७ अंकमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ ।
नेप्सेका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले बढेर ५४६.३३ मा पुगेको छ ।
बैंकिङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन बीमा ८०, उत्पादन ९९, निर्जीवन बीमा ५० र अन्य उपसमूह २३ अंकले बढेका छन् । व्यापार ९, लघुवित्त ६, फाइनान्स ०.९ र विकास बैंक उपसमूह २३ अंकले घटेका छन् ।