बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १५ हजार १३१ जनाको नमूना परीक्षण गर्दा ४ हजार ९६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिकुमार अधिकारीले आइतबारको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार गत २४ घण्टामा १२ हजार ५६२ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ जनाको एण्टीजेन परीक्षण गर्दा ४२७ जनामा सङ्क्रमण देखिएको हो ।
यही अवधिमा ४३५ जना निको भएका छन् भने थप ३ जनाले ज्यान गुमाएका छन् ।
अहिले देशभर २४ हजार ६८० सक्रिय सङ्क्रमित रहेको अधिकारीले जानकारी दिए । उनका अनुसार २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९६ जना संस्थागत आइसोलेसन (अस्पताल) मा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये १२२ जना आईसीयू र ३९ जना भेन्टिलेटर छन् ।
स्थानीय तहहरूले बनाएका क्वारेन्टिनमा १२१ जना रहेको पनि अधिकारीले बताए ।