‘ए’ डिभिजन लिग फुटबलमा आइतबार (आज) दुई खेलहरू हुँदै छन् । नवौँ चरणको खेलअन्तर्गत आइतबार चार टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
आज साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लबले भिन्नाभिन्नै खेलमा प्रतिस्पर्धामा गर्दै छन् । आजको पहिलो खेलमा साविक मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्ने छ । यो खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।
मछिन्द्रले आठ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । ब्रिगेड भने समान खेलमा ६ अङ्क जोडेर १२औँ स्थानमा छ ।
यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले खेल्नेछन् । यो खेल अपराह्न ४:४५ बजे सुरु हुनेछ । पुलिस आठ खेलमा सात अङ्क जोडेर ११औँ स्थानमा छ । च्यासल भने समान खेलमा पाँच अङ्क जोडेर १३औँ स्थानमा छ ।