
नेपालमा आठ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा रहेकका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सयभन्दा बढी कोरोना संक्रमित उपचारार्थ रहेका आठ जिल्ला ‘रेड जोन’मा परेका हुन् ।
मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ र सुनसर, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर र चितवन छन् । यस्तै गण्डकी प्रदेशको कास्की र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला ‘रेड जोन’मा परेका छन् ।
अन्य प्रदेशका कुनै पनि जिल्ला कोरोनाको ‘रेड जोन’मा परेका परेका छैनन् ।
प्रदेश १ बाट झापा, २ बाट धनुषा, बागमती प्रदेशबाट मकवानपुर र काभ्रेपलान्चोक, गण्डकी प्रदेशबाट नवलपरासी पूर्व र लुम्बिनी प्रदेशबाट बाँके र रुपन्देही गरी ७ वटा जिल्ला एल्लो जोनमा परेका छन् । २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लालाई एल्लो जोनमा राखिन्छ ।
यदी कुनै पनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झर्यो भने उक्त जिल्लालाई ग्रिन जोन भनिन्छ । अहिले नेपालका सबै जिल्लामा सक्रिय सङ्क्रमित रहेको हुनाले ग्रिन जोनमा कुनैपनि जिल्ला परेका छैनन् ।