उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विद्यालयहरू बन्द नहुने भएका छन् । सङ्घीय सरकारले मङ्गलबारदेखि माघ १५ गतेसम्म देशभर विद्यालय बन्द गर्ने भनेपनि त्रियुगा नगरपालिकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ ।
त्रियुगा नगरपालिकाका सामाजिक विकास शाखा संयोजक मानबहादुर राईले कोरोना सङ्क्रमणको हिसावले उदयपुर रेडजोनमा नरहेको भन्दै विद्यालयहरू बन्द नगर्ने निर्णय भएको बताए ।
कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण देशमा बढ्दो रहेको भएपनि त्रियुगा नगरक्षेत्रमा बन्द गर्नुपर्ने अवस्था नदेखिएको उनको भनाइ छ ।