प्रधान सेनापति महारथी प्रभुराम शर्माको २०७८ पौष १८ गतेबाट पौष ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ ।
स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १४ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सो अवधिमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्नेछन् ।
प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घरविदामा रहने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
हाल सेनामा प्रधानसेनापति शर्मापछिको वरियतामा कार्की छन्।