चलचित्र होस्टल रिटन्र्स बाट नेपाली रजतपटमा आएकी नायिका स्वस्तिमा खड्का अहिलेकी सबैभन्दा व्यस्त र डिमाण्डेड नायिका हुन् ।
सामाजिक सञ्जालमा बिभिन्न पोष्ट गरेर चर्चामा आउने नायिका बुलबुल गर्लको नामले पनि परिचित छिन् ।
उनलाई सामाजिक सञ्जालमा फलो गर्नेहरुको संख्या पनि दिनदिनै बढ्दै गइरहेको छ ।
उनले पनि आफ्ना फ्यानहरुलाई निरास नबनाइकन फोटाहरु शेयर गरिरहन्छिन् ।
उनले फेसबुकमा कालो सारीमा सजिएका सुन्दर तस्वीर शेयर गर्दै फेरि कालो सारीमा भनेर लेेखेकी छिन् ।
उनले यो भन्दा अगाडि पनि कालोले ‘सेक्सी’ फिर्ता लेराउँछ भन्दै फोटाहरु शेयर गरेको थिइन् ।
अधिकांशले उनको सुन्दरताको तारिफ गरेर प्रतिक्रिया दिइरहेका छन् ।
पढौं उनको बारेमा रोचक तथ्य
जन्म मिति : जुलाई ४
जन्म स्थान : काठमाडौं
एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर
उचाइ : ५ फिट ६ इन्च
शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस
पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५)
पहिलो चलचित्र : होस्टल रिटन्र्स
पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ)
पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य
प्रदर्शन हुन बाँकी चलचित्र : चपली हाइट ३, पल्पसा क्याफेमा नाटक गर्दै
लक्ष्य : सफल कलाकार बन्ने
पहिलो सफलता : चलचित्र होस्टल रिटन्र्स
श्रीमान् : निर्देशक निश्चल बस्नेत
पहिरन : क्याजुअल
पहिलो एवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।