वि.सं. २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मेका राजेन्द्र प्रसाद लिङ्देनको बाल्यकाल भने झापामा बित्यो । उनको बाल्यकाल झापाको हल्दिबारी गाउँपालिकामा वित्यो । लिङ्देनको परिवार बुवाको जागिरको सिलसिलामा ०३२ सालमा झापा बसाइँसरेको हो ।
राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आवद्ध भएका लिङ्देनको राजनीति जीवन त्यहीबाट सुरु भएको उनी आफैँ स्वीकार्छन् । झापा गोलधापका राजेन्द्र पछि निर्माण भएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत भएका थिए ।
बि.स. २०४३ सालमा एसएलसी उत्रिर्ण गरेका लिङदेनको पारिवारिक पृष्ठभुमि भने अत्यन्त साधारण छ ।
०४६ को परिवर्तनपछि गठित राप्रपा राष्ट्रिय राजनीतिमा कमजोर थियो । तर उनी आफ्नो गाउँ गोलधापमा भने लोकप्रिय थिए । लिङदेन ०४७ मा राप्रपाको झापा पार्टी सचिव भएका थिए ।
२०४८ र २०५४ दुवै समयका स्थानीय निर्वाचनमा लिङ्देन राप्रपाको तर्फबाट गोलधाप गाविस वडा नं. ३ मा लगातार वडाअध्यक्ष पदमा विजयी भएका थिए ।
राजा ज्ञानेन्द्रले सत्ता हात लिएपछि जिविस सभापतिसमेत बनेका लिङदेन त्यस बखतको लोकप्रिय कामका कारण झापामा ख्याती समेत कमाएका उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
उनले गत आम निर्वाचनमा झापाको ३ नम्बर क्षेत्रबाट नेपाली काँग्रेसबाट उम्मेदवार बनेकाको पूर्वमहामन्त्री तथा काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । वि.सं. २०७४ को नेपालको आम निर्वाचनमा उनी ४४,६१४ (५६.५२%) मत ल्याएर निर्वाचित भएका हुन् ।
०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका लिङदेन ०७० मा राप्रपाको महामन्त्री भएका हुन् ।
राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेका लिङदेन अहिले सम्मपन्न भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षका प्रत्यासी कमल थापालाई हराउँदै विजयी भएका छन् । उनी सो पार्टीबाट एक मात्र संघीय संसद सदस्य समेत हुन् ।