दिल्ली प्रदेश सरकारले राजधानी नयाँ दिल्लीका सबै स्कुलहरु अनिश्चित कालका लागि बन्द गर्न आदेश दिएको छ।
बढ्दो बायुप्रदुषणका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्कुल बन्द गर्न आदेश भएको भारतीय सञ्चार माध्यमले जनाएका छन।
भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने अरविन्द केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो।
त्यस्तै अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ।