कोरोना संक्रमण पुष्टि भएका एमाले नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्यलाई चितवनको भरतपुर अस्पताल लगिएको छ । महाधिवेशनमा सहभागी हुन् मङ्सिर ९ गते चितवन पुग्नुभएका आचार्यलाई राति ज्वरो आएपछि एन्टिजेन परीक्षण गर्दा मङ्सिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि महाधिवेशनमा सहभागी हुन नपाएका आचार्यलाई चिकित्सकको सल्लाहअनुसार आइतबार भरतपुर अस्पताल लगिएको उनका सहयोगी लोकेश निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य ज्वरो आएको उनको भनाइ छ।
चिकित्सकको सल्लाह अनुसार अस्पतालमा सिटी स्क्यान हुने उनको भनाइ छ । चितवनमा एमालेको १० औँ महाधिवेशनको चहलपहल बढ्दै गर्दा संक्रमण पुष्टि भएपछि आचार्य सौराहास्थित सेभन स्टार होटलको आइसोलेसनमा थिए ।