रुपन्देहीको भैरहवामा आज दिँउसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु र छोराको निधन भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली टोलस्थित चोकमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्गजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनापछि घाइते भएका बाबुछोरालाई उपचारको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।