मुकुन्द घिमिरे (मुकुन्दे) ले लगनगाँठो कसेका छन् । उनले झापाको सुरुङ्गाकी इन्दिरा सँग्रौलासँग आज लगनगाँठो कसेका हुन् ।
घिमिरेले सामाजिक सञ्जालमा फूलमाया अर्थात औँठी साटासाट गरेको तस्विर राख्दै लेखेका छन् “सरप्राइज” । हुनपनि घिमिरेका फ्यानहरूको लागि यो सरप्राइज नै हो । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे) का सामाजिक सञ्जालमा ठूलो फ्यान फ्लोइङ छ ।
०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्देले ४३ वर्षको उमेरमा लगनगाँठो कसेका हुन् । विभिन्न अन्तरवार्तामा उनले इन्दिराको नाम लिने गरेका थिए । तिनी इन्दिरासँग उनले लगनगाँठो कसेका हुन ।
उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ । यसबारेमा मुकुन्द घिमिरेसँग सम्पर्क गर्न निरन्तर प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकिरहेको छैन ।
मुकुन्द घिमिरेसँग लगनगाँठो कसेकी इन्दिरा पठाइमा तेज रहेको उनलाई चिन्नेहरू बताउँछन् । केही समय उनले सरकारी विद्यालयमा राहत कोटामा शिक्षण समेत गरेकी थिइन् । अहिले उनी काठमाडौं बस्दै आएको आफन्तहरू बताउँछन् ।