विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेका एक विरामीले अस्पतालको तीन तला माथिवाट हाम फालेका छन् । गम्भिर घाइते भएका उनको उपचारकै क्रममा निधन भएको छ । शुक्रवार विहान आइसियुवाट नर्मल वार्डमा सारिएका ३५ वर्षीय शिवकुमार मण्डलले तीन तला माथिवाट हाम फालेका थिए । उनको उपचारको क्रममा निधन भएको हो ।
मोरङको धनपालथान गाउँपालिका–१ का मण्डलको उपचारका क्रममा शुक्रवार मध्यान्ह निधन भएको हो । गोल्डेन अस्पतालमा उपचाररत मण्डलले आज बिहान ६ बजे सोही अस्पतालको तीन तलामाथिबाट हामफालेका थिए । अस्पतालबाट हामफालेर गम्भीर घाइते भएका मण्डलको सोही अस्पतालमा उपचार भइरहेकोमा मध्यान्ह निधन भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।
उपचार गर्दा ३६ हजार लागेको थियो । तर पैसा नपुगेका कारण १९ हजार रुपैया तिर्न बाँकी थियो । उनलाई सासु कुरुवा बसेकी थिइन् । पैसा तिर्न नसकेर उपचार पछि पनि अस्पतालमै बस्नु परेका कारण मण्डल चिन्तामा थिए । विहान सासु शौचालय गएको मौका पारेर उनले हाम फालेका थिए ।
आइसीयुबाट वार्डमा सारेपछि घर लैजाँदा हुने भन्दै अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर उपचार वापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।