मोरङ प्रहरीले चोरी गरेको मोटरसाइकल १५ हजार रुपैयाँमै बेच्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । बुधबार सीमा प्रहरी चौकी रानी विराटनगरले चोरी गरेको बा. ९४ प ९९२६ एफजेट मोटरसाइकलसहित ताप्लेजुङ घर भएका २३ वर्षीय सुरेश खड्कालाई पक्राउ गरेको हो ।
बुधबार नेपाल–भारतको सीमा दशजगा क्षेत्रमा भारतीय नागरिकलाई १५ हजारमा रुपैयाँमा बेच्दै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनसरीको इटहरीदेखि उक्त मोटरसाइकल चोरी गरेको खुलेको छ । तथापि, मोटसाइकल धनीको पहिचान हुन सकेको छैन ।
प्रहरीले चोरी आरोपमा पक्राउ गरेको खड्का र मोटसाइकल विराटनगर १६ दक्षिण गेटको दशगजा क्षेत्रदेखि बरामद गरेको हो ।