नेपाली कांग्रेस अछामकाे दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएकाे अधिवेशन अन्तर्गतकाे चुनावकाे मतगणना भइरहेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् ।
खसेकाेभन्दा बढी मतपत्र भेटिएपछि अहिले सराेकारवालाहरू छलफलमा जुटेकाे निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताए ।