पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाहरूमा १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २७३ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय सङ्क्रमित रहेका छन् ।