भारतीय टिभी शो ‘अनुपमा’ की एक अभिनेत्रीको निधन भएको छ । अनुपमा अर्थात् रुपाली गांगुलीकी आमाको भूमिका निभाउने माधवी गोगटेको निधन भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित रिपोर्टका अनुसार उनलाई कोरोना भएको थियो । कोरोना भएपछि उनको अवस्था निकै गम्भीर भएको थियो ।
आइतबार मुम्बईको सेभेन हिल्स अस्पतालमा उनले अन्तिम सास फेरिन् । रुपाली गांगुलीले आफ्नो इन्स्टाग्राममा मेसेज पोस्ट गरेर उनलाई श्रद्धाञ्जली दिइन् । रुपालीले आफ्नो इन्स्टाग्राममा ‘धेरै कुरा अधुरै रह्यो, सद्गति माधवीजी’ भन्दै श्रद्धाञ्जली अर्पण गरिन् । माधवीले अनुपमा सिरियलमा सुरुमा अनुपमाकी आमाको भूमिका निभाएकी थिइन् । पछि उनको स्वास्थ्य खराब भएपछि उनको स्थानमा सविता प्रभुनेलाई लिइएको थियो । माधवी ५८ वर्षकी थिइन् ।
माधवी गोगटेले हालै सिरियल ‘तुजा मजा जामते’ सहित मराठी टिभी शोमा डेब्यू गरेकी थिइन् । माधवीले एकता कपुरको सिरियल कहीं तो होगामा सुजलकी आमाको भूमिकाबाट प्रसिद्धि मिलेको थियो । उनले ‘कोई अपना सा, कहीं तो होगा, ऐसा कभी सोचा ना था ’ जस्ता सिरियलमा काम गरिसकेकी थिइन् ।