प्रेस सेन्टर नेपाल ताप्लेजुङको चौँथो जिल्ला सम्मेलनले नयाँ कार्यसमिति गठन भएको छ ।
सर्वसम्मत चयन भएका १५ नयाँ जिल्ला समितिको अध्यक्षमा जीवन कालिकोटे चयन भएका छन् । शुक्रबार भएको जिल्ला सम्मेलनले कालिकोटेको अध्यक्षतामा नयाँ जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजकुमार गुरुङ, सचिवमा दिलकुमार फेम्बु, सहसचिवमा कमल बिष्ट र कोषाध्यक्षमा टीकामाया यक्सो चयन भएका छन् । सदस्यहरुमा प्रकृति गुरुङ, विवश केदेम, अनिता पन्दाक, तेन्जित कार्की, अबिर यक्सो, पुष्पा लिबाङसहित १५ सदस्यीय जिल्ला समन्वय समिति सम्मेलनबाट चयन गरिएको नवनिर्वाचित अध्यक्ष कालिकोटेले जानकारी दिए ।