अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाडौंको नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित आइतबार बेलुका पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिट्ठा परेको, विदेशबाट सामान आएको र सामान लिन तथा चिट्ठामा दाबी भुक्तानी लिन कर तिर्नुपर्ने भन्दै बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए ।
ठगीको उजुरी र सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले विकासलाई काठमाडौंको गैरीधाराबाट रकमसहित पक्राउ गरेको हो ।