नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनका ३१ जना पक्राउ परेका छन् ।
इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको बेला उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो ।
नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा सहभागी भएका अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नरेन्द्र विकसहित २१ जना र लैनचौरबाट पदम केसीसहित ३ जना, बालाजुबाट ७ जना मजदुरहरूलाई पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका २१ जनालाई नेपाल पुलिस क्लव राखिएको प्रहरीले बताएको छ ।
हेरौं तस्विरहरू