धनगढीमा गुडिरहेको मोटरसाइकलमा आफैं आगलागी भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ बस्ने प्रकाश ऐरले चलाइरहेको सु.प.प्र. ०१ ००९ प १०१२ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो।
धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुर चोक नजिक आगलागी भएको प्रहरीले जनाएको छ।
पेट्रोल पम्पबाट इन्धन भरेर राजघाटस्थित घर फर्किने क्रमममा मोटरसाइकलमा आफैं आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलेको छैन।