गृह जिल्ला पुगेर भीम रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरे

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् ।
एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उनको भनाई रहेको छ ।
उनले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा पनि जोड दिएका छन् । ‘मैले कार्यकर्तालाई आफू कुन पदमा उठ्दा उपयुक्त होला भनेर सोधेको थिए । उहाँहरूले अध्यक्ष पदमा लड्न आग्रह गरिरहनु भएको छ’, रावलले भने ।
उनले कार्यकर्ताको आवाजलाई कमजोर …