प्रदेश नम्बर २ को जनकपुर र बर्दिबासमा पनि भायानेटको सेवा उपलब्ध हुने भएको छ ।
नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गरिरहेको भायानेट कम्युनिकेसन प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिबासमा एकसाथ सेवा सुचारु गरेको हो । यो सेवा विस्तारसँगै कम्पनी अब देशका २४ सहरहरूमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ ।
भायानेटले ग्राहकहरूका लागि विभिन्न प्रकारका योजनाहरू पनि समय समयमा सञ्चालन गर्दै आएको छ । भायानेटले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरूलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरूलाई ४८ जीवी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैँमा प्रदान गर्ने योजना अघि सारेको छ ।