बलिउड नायिका सारा अलि खान अहिले आफ्नो शरीर र फिटनेसको कारण मिडियामा छाइरहेकी छिन् ।
नायिका खान सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् र लगातार आफ्नो तस्वीर सेयर गर्दै आएकी छिन् । शरीर ट्रान्सफर्मेशन गरेपछि खान आफ्नो खास पहिचान बनाइरहेकी छिन् । उनका फलोअर्सले पनि धेरै प्रशंसा गरिरहेका छन् ।
उनका हरेक फोटोले सामाजिक सञ्जालमा हंगामा मच्चाइरहेको नै हुन्छ । हालै मात्र उनले वरुण धवन सँगको फोटो इन्टाग्राममा शेयर गरेकी छिन् जुन भाइरल बनिरहेको छ ।
उनले नयाँ तस्वीरसँगै आफ्नो बचपनको फोटोपनि सेयर गर्दै आएकी छिन् । सारालाई फिटनेसमा साथ दिने पार्टनर उनकै भाई इब्राहिम हुन् । दुवैजना सँगै घरमा वर्कआउट गरीरहन्छन् । दिदी भाईको वर्कआउट गर्दै मस्ती गरेको भिडियो पनि सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
हेरौं उनका बोल्ड अवतार
सारा अलि खानको बारेमा थप जानकारी
९६ किलोकी साराले हिरोइन् बन्न के गर्नुपर्यो?
सारा अलि खानले बाल्यकालमा अभिनय गर्ने सपना त देखेकी थिइन्, तर ९६ किलो तौल भएकोले उनले सोचेकी थिइनन् उनी कलाकार बन्न सक्थिन्। स्कूल कलेज जहाँ पनि उनलाई मानिसले मोटि भनेर बोलाउँथे।
करिनासँग के सिक्न चाहन्छिन् सारा ?
सारा भन्छिन्, ‘हुन करीना सबै कुरा एकदमै राम्रो तरिकाले गर्छिन्, तर एकमात्र चिज जुन म उनीबाट सिक्न चाहन्छु, त्यो भनेको जीवनलाई सन्तुलित गर्नु हो। भगवानले चाँहे भने एकदिन त्यो म साँच्चै सिक्नेछुँ।’
सानो हुँदा सारा एक पात्रको फ्यान थिइन्। ‘कभि खुसी कभि गम’ मा करीनाले निभाएको पात्र ‘पू’ सारालाई एकदमै मन पर्ने पात्र हुन्।
साराले कहिले पनि सोचेकी थिइनन् की त्यही मनपर्ने पात्र एकदिन उनका पिताकी दोस्रो श्रीमति बन्छिन्।
कलेजको दोस्रो वर्ष अभिनेत्री बन्ने सोचिन्
बिबिसी एसिया नेटवर्कका लागि हारुन रशीदले गरेको कुराकानीमा सारा अलि खानले भनिन्, २३ वर्षमा यो सपना देखिरहेकी छुँ, तर चार पाँच वर्षको हुँदा मैले सोचेको थिए की म अभिनय नै गर्नेछुँ।
सानै बेलादेखि अभिनयको शोख राख्ने साराले एडमिसन हुने स्कूलको प्रिन्सिपललाई फोनमा नै दमादम मस्त कलन्दर गीत सुनाएकी थिइन।
सारा भन्छिन्, कलेजको दोस्रो वर्ष सकिने बेलामा नै मैले अब अभिनेत्री नै बन्ने ठोनेकी थिँए। त्यो समयमा तौल एकदमै ठूलो समस्या थियो। तर जब गर्ने ठानेँ त्यसलाई सार्थक बनाउने प्रयास गरे। कलेजको तेस्रो वर्ष नै मैले तौल घटाउन सुरु गरेँ।’
रेसलरले मैदान नपुग्दै बेल्ट खोसेजस्तो नगरौं । चुनावबाट जितेर आउनुहोस प्रधानमन्त्री केपी शर्मा ओली