सुनसरी । प्रहरीले २२ तोला सुनको बाला र १८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ। सो मात्रामा स्रोत नखुलेको सुन र नगद बोकेका कारण उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका–२ का चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। उनीहरुलाई रत्न रोडबाट नियन्त्रणमा लिइएको हो। प्रहरील रामबहादुरको साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला पारेको छ।
सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ। बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ। उनीहरु सुन बिक्रि गर्न सुन पसलमा गइरहेको र सोही अवस्था पक्राउ गरिएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।