आज बिहीबार दिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा सामान्य रुपमा बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । जुन बुधबारको तुलनामा तीन सय रुपैयाँले बढी हो ।
आज तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर १ हजार २६० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो ।