झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दसैँको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नपागरपालिका–८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका–३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार बिहान शव फेला परेको थियो।
सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीन जना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ । मेलामा राति झगडा भएको बेलामा भाग्ने क्रममा इनारमा झरेको हुन सक्ने स्थानीयले अनुमान गरेका थिए ।
सिरहामा १७ वर्षिय किशोरको शव इनारमा भेटियो
सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ ।...
शनिवार, असोज ३० २०७८घटनाको विषयमा अनुसन्धान भइरहेको र दसैँको कारण अदालत बन्द रहेकाले केही प्रक्रिया पुर्याउनुपर्ने र अनुसन्धान अधुरो रहेकाले नाम सार्वजनिक गर्न नसकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए ।
गत शुक्रबार राति झिझिया नाचमा युवाको दुई समूहबीच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनारमा चारै जना झरेका थिए ।
तत्काल प्रहरी र स्थानीयवासीले तीन जनाको उद्धार गरेपनि महतो भने इनारमै डुबेका थिए । गाउँकै जनता नमूना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत महतोको शव गत शनिबार बिहान मात्र स्थानीयवासीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।