नेपालमा बितेको २४ घण्टामा १३ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा ८ हजार ४२६ जनाको नमूना परीक्षण गर्दा ६६२ जनामा सङ्क्रमण देखिएको छ ।
अहिलेसम्म पिसिआर विधिबाट ८ लाख ७ हजार ५२ र एण्टिजेन बिधिबाट ९३ हजार ६९६ गरी कूल ९ लाख ७४८ जनामा सङ्क्रण देखिएतापनि ७ लाख ८४ हजार १५५ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ७५८ जना सङ्क्रमण मुक्त भएका छन् भने ९ हजार ८०२ जना कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अहिले देशभर ११ हजार ५७९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।