चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालको हिमाली क्षेत्रमा रहेकी बलिउड अभिनेत्री परिणिती चोपडा कामसँगै फुटबल तथा नेपालको प्राकृतिक सुन्दरतासँग पनि रमाइरहेकी छिन् ।
सुरज बडजात्याको चलचित्र ‘उचाइ’ को छायांकनमा रहेकी उनले कामबाट केही समय फुर्सद निकालेर फुटबलमा रमाइरहेको भिडियो अहिले ट्विटरमा रुचाइरहेको छ ।
छायांकन टिमले नेपालको लुक्ला, नाम्चेबजार लगायत क्षेत्रमा फिल्म सुटिङ गरिरहेको छ ।
उनको यही भिडियोलाई ट्वि’ट गर्दै भारतीय मिडिया फिल्म फेयरले लेखेको छ, “हरेक कलाकार यस्तो प्रोजेक्टको खोजीमा हुन्छन्, जसमा कामलाई मात्र सबै नमानियोस् ।
हामी भन्न सक्छौँ, परिणितीको नयाँ प्रोजेक्ट त्यस्तै हो, जसले उनलाई कामको समयमा पनि समुन्द्र सतहभन्दा ११ हजार फिटमाथि सडकमा बसेर फुटबल खेल्ने मौका दिइरहेको छ ।”
फिल्मफेयरको यो भनाइमा अभिनेत्री चोपडाले पनि सहमति जनाएकी छिन्। फिल्मफेयरको ट्विटलाई रिट्विट गर्दै परिणिती भन्छिन्, “यो भन्दा राम्रो म आफैँ भन्न सक्दिँन थिएँ।” बलिउड सिनेमा ‘उचाइ’ सुटिङका लागि परिणीति, अनुपम खेर र बोमन इरानी अहिले नेपालमा छन्।
काठमाडौंमा केही समय बिताएर उनीहरू गत बुधबार असोज २० गते लुक्ला प्रस्थान गरेका छन्।
त्यस्तै उनले नेपालको हिमाली भेगमा खिचिएका तस्विरहरु पनि शेयर गरिरहेकी छिन् । जस्ले गर्दा नेपाल बिश्वमा चिनिरहेको छ ।