महानायक राजेश हमालको हातबाट दशैँको अवसरमा विदेशीले समेत टिका लगाएका छन् ।
दशैँको दिन उनको हातबाट टिका लगाउन र आशिर्वाद ग्रहण गर्न आफन्त, साथीभाई देखी शुभेच्छुुकसम्म उनको निवास लैनचौरस्थित कपुरधारामा पुगेका थिए ।
दशैँको तेस्रो दिन समेत उनको घरमा टिका लगाउन पुग्नेहरुको घुँईचो थियो । यसरी आज पुग्नेहरुमा विदेशी समेत थिए ।
नेपालमा रहेका हमालका विदशी साथी तथा शुभेच्छुकहरु टिका लगाउन आएका हुन् ।
यसरी आउनहरुलाई हमालसँगै उनकी पत्नि मधु भट्टराईले समेत टिका लगाईदिएकी थिईन् ।