नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमल्टारमा पनि दशैं मनाएका छन् । प्रचण्ड पत्नी सिता दाहालले टिका लगाई दिएकी छिन् । छोरीहरु रेणु, गंगा र ज्वाई तथा नाती नातिनीहरुलाई टिका लगाएकी छिन्।
उता पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले बुबाको हातबाट टीका ग्रहण गरेका छन् । समाजवादी पार्टीका संघीय अध्यक्ष समेत रहेका भट्टराईले ९२ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट बडादसैँको अवसरमा टीका ग्रहण गरेका हुन् ।
उनका परिवारले नै बुबाबाट टीका तथा आशीर्वाद थापेका छन् ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाएका हुन्।
मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए। त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाएका छन्।