मृत्यु भएको १८ दिन पछि बिहीवार सुन्दरहरैँचाकी २१ वर्षीय रोजिना गिरीको अन्तेष्टि भएको छ । बिहीवार दिउसो बेलबारीस्थित लोहोन्द्रा खोलामा कडा सुरक्षाकाबिच उनको अन्तेष्टि भएको हो ।
रोजिना सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा असोज ३ गते आइतवार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । रोजिनाको हत्या भएको भन्दै उनका आफन्तले अन्तेष्टि गर्न मानेका थिएनन् । सलको पासोले सिलिङ फेनमा झुण्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाउँदै आएका छन् ।
किटानी जाहेरी र माइती पक्षको निरन्तरको दबाब पछि प्रहरीले रोजीका सासू, जेठानी र जेठाजुलाई पक्राउ गरेको छ । रोजिनाकी सासू, जेठाजु र जेठानीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी अभियोगमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
शवमा आगो लगाउनुभन्दा केही समय अघि रोजिनाका माइती पक्ष र सद्गति गर्न आएका काफ्ले परिवारबिच हात हालाहालको स्थितिसमेत सिर्जना भएको थियो ।
केटिएम दैनिकमा यसअगाडि प्रकाशित रोजिना गिरीसँग सम्वन्धित समाचारहरू
रोजिना गिरी शङ्कास्पद मृत्यु प्रकरण : प्रहरी अनुसन्धान फित्तलो भएको आफन्तको आरोप
रोजिना गिरी मृत्यु प्रकरण: हत्या कि आत्महत्या ?
रोजिना गिरी मृत्यु प्रकरण : घर बेचेको पैसामा किचलो हुँदा हत्या भएको आशङ्का
मोरङमा कोठाभित्र मृतावस्थामा भेटिइन् रोजिना, हत्या गरेको हुनसक्ने आशङ्का
प्रहरीको भूमिकामाथि आशङ्का गर्दै प्रदर्शन, सावित्री पनि पुगिन्
पतिले आत्महत्या नगर भन्दाभन्दै पत्नीको मृत्यु, विवाह गरेको एक वर्षमै बिछोड !