राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले सङ्घीयता खारेज गरिनुपर्ने बताएकी छिन् ।
बागमती प्रदेशसभाको नवौँ अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा सङ्घीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने बताइन् ।
प्रदेश सरकारले जनतामा कुनै किसिमको राहत दिन नसकेको, प्रदेश सरकार र सांसदहरू पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दैले दशैको बिदामा समीक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने बताइन् ।
सङ्घीयतालाई खारेजी गर्दा नेपाली जनता खुसी हुने भन्दै यो महँगी र भ्रष्टाचारलाई न्यूनीकरणको लागि यो व्यवस्था खारेज गर्नुपर्ने बताइन् । जनताले तिरेको करबाट प्रदेशसभाका माननीयलाई तलब खुवाउने काम मात्र भएको भन्दै उनले यस्तो व्यवस्था खारेज हुनुपर्नेमा जोड दिइन् ।
हिजो संवैधानिक राजतन्त्रलाई हटाएर अहिले धेरै राजाहरूको जन्म भएको भन्दै उनले नेपाललाई बलियो बनाउनको लागि सङ्घीयता खारेज हुनुपर्ने बताइन् ।
लाेभ लालच देखाई गाउँ गाउँमा धर्म परिवर्तनको आतङ्क रहेको भन्दै उनले यसतर्फ सचेत हुनुपर्ने बताइन् ।