अमेरिकाको परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेकाे छ । पनडुब्बी अज्ञात वस्तुसँग दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी १५ जलसेना घाइते भएका छन् ।
युएसएस कनेक्टिकट नामक पनडुब्बी कसरी ठोक्कियो यस बारेमा भने कुनै जानकारी आएकाे छैन। अमेरिकी जलसेनाका प्रवक्ताले दुर्घटनामा परे पनि पनडुब्बीको महत्वपूर्ण भागमा कुनै नोक्सान नपुगेको बताएका छन् ।
उनले भने, ‘दुर्घटनामा युएसएस कनेक्टिकटकाे परमाणु ऊर्जाप्लान्ट र अन्य महत्वपूर्ण भागमा कुनै नाेक्सान पुगेकाे छैन र पनडुब्बी ठीक तरिकाले काम गरिरहेकाे छ।’
दक्षिण चीन सागर विश्वकाे सबैभन्दा विवादित र आर्थिक रूपले महत्वपूर्ण जलमार्गकाे रूपमा लिने गरिन्छ । चीनले यसकाे सबै क्षेत्र आफ्नाे हाे भनी दाबी गर्दै आइरहेकाे छ । हाससालै चीनले कृत्रिम द्वीपकाे पनि निर्माण गरेकाे छ । यसैगरी मलेसिया, ब्रुनाइ, भियतनाम, फिलिपिन्स र ताइवानले पनि समुन्द्रकाे हिस्सामा आफ्नाे दाबी गर्दै आइरहेका छन् ।
ताइवानमाथि चीनले थिचाेमिचाे गरे सैन्य कदम चाल्ने अमेरिकाकाे चेतावनी
अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो ।
चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ ।
तर चीनले भने ताइवानलाई बृहत् चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ । ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउन सक्ने अमेरिकाले चेतावनी दिएको बीबीसीको खबरमा उल्लेख छ ।
चीन र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ । विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्र मान्छ भने अरु देशहरुले ताइवानलाई चीनको एउटा प्रान्तका रुपमा मान्दै आएका छन् ।