काठमाडौं उपत्यकामा मासुको मूल्य निर्धारण गरिएको छ। सरकार र व्यवसायीहरुबीचको आपसी सहमतिमा एक वर्षका लागि विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ।
नयाँ मूल्य अनुसार खसीको मासुको तीन थरी मूल्य निर्धारण गरिएको छ । जसमा आन्द्रा भुँडी राखिएको मासुको मूल्य प्रतिकेजी १ हजार, बोसो नमिसिएको तर बिक्रेताले छानेर दिने मासु प्रतिकेजी १ हजार २०० र ग्राहकले आफ्नो रोजाइअनुसार छानीछानी खरिद गर्ने मासुको मूल्य १ हजार ३०० रुपैयाँ मूल्य तोकिएको हो ।
यस्तै संघले उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा तथा बङ्गुरको मासु प्रतिकेजी ५०० र ब्रोइलर कुखुराको मासुको मूल्य ३०० रुपैयाँ किलो कायम गरिएको छ । कुखुराको तयारी मासुको मूल्यमा किलोमा ५ देखि १० रुपैयाँ भने तलमाथि हुनसक्ने संघले जनाएको छ ।
माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसंग तोक्न नसकिएको संघले जनाएको छ । बजारमा अत्यधिक मात्रामा रुचाईने रहु माछाको मूल्य किलोमा ३५० देखि ४०० रुपैयाँ तोकेको छ ।
उपत्यका छाडेर दशैंमा मनाउन धेरैमा मानिसहरुले उपत्यका छोडेर पहाड घरमा जाने भएकाले यो वर्ष पनि उपत्यकामा सामान्य अवस्थाकै हाराहारीमा हुने अनुमान संघले गरेको छ।
संघका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको हो।