अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१३ घर भइ हाल काठमाडौं महानगरपालिका-१० मध्य बानेश्वर बस्दै आएका ४१ वर्षीय मणि निरौला रहेका छन् । उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।
निरौलाले टोखा नगरपालिका-१ का २४ वर्षीय सुजन खत्रीलाई अध्ययनको लागि डिपेण्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैया ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत सिंहदरवार काठमाडौंमा पठाइएको छ ।