नेपालमा बितेको २४ घण्टामा १ हजार भन्दा कम सङ्ख्या कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ८ हजार २१९ जनाको नमूना परीक्षण गर्दा ८६७ जनामा सङ्क्रमण पाइएको हो । अरू दिनहरूको तुलनामा शनिबारको दिन जिल्लाबाट आउने तथ्याङ्कहरू कम भएको कारणले गर्दा शनिबारको दिन कम मात्रामा परीक्षण भएको देखिन्छ ।
अहिलेसम्म कूल सङ्क्रमितमध्ये ९६ दशमलव ३८ प्रतिशत अर्थात ७ लाख ६७ हजार ८१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १२३ जना सङ्क्रमणमुक्त भएका हुन् ।
थप ९ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १५७ पुगेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
अहिले देशभर १७ हजार ६४३ सक्रिय सङ्क्रमित रहेकोमा गम्भिर अवस्थाका ३५० जनालाई आइसीयू र ११२ जनालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।