नेपालमा आज धेरै दिनपछि निको हुनेभन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ ।
हिजो (बिहीबार) पनि निको भएका सङ्क्रमितहरूभन्दा नयाँ थपिएका सङ्क्रमतिको सङ्ख्या बढि देखिएको थियो । आज पनि सोही दोहोरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा १३ हजार ३६८ जनाको नमूना परीक्षण गर्दा १ हजार ६६ जना सङ्क्रमित भेटिएका छन् ।
यही अवधिका ९३८ जना निको भएका छन् । अहिलेसम्म कूल सङ्क्रमितमध्ये ९६ दशमलव ३२ प्रतिशत अर्थात ७ लाख ६६ हजार ६९६ जना निको भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
आज थप १३ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार १४८ पुगेको छ ।