काठमाडौं किंग्स ११ का कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) ले जरिवाना गरेको छ।
सन्दीपलाई चितवन टाइगर्सविरुद्ध खेलमा ‘स्लो ओभर रेट’ का कारण १० प्रतिशत ‘म्याच फि’ जरिवाना लगाइएको हो। म्याच रेफ्री मोहम्द शफिकले यो जरिवाना तोकेका हुन्।
त्यस्तै, बाँकी खेलाडीहरूलाई पनि ‘म्याच फी’ को २ प्रतिशत जरीवाना गरिएको छ। जारी प्रतियोगितमा स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने सन्दीप पहिलो कप्तान हुन्।
बिहीबारको खेलमा काठमाडौं चितवनसँग ३ विकेटले पराजित भएको थियो। सन्दीप लामिछानेले ईपीएलमा पहिलोपटक कप्तानी गरेका हुन्।
सन् २०१८ मा उनले ललितपुरबाट केवल दुई खेलमा मात्र सहभागिता जनाए । सोही वेला अस्ट्रेलियाको बिग वास टी–२० मा सहभागी हुन सन्दीपले इपिएलबीचमै छाडेर त्यसतर्फ गएका थिए ।
अन्तर्राष्ट्रिय टी–२० लिगमै व्यस्त हुँदाहुँदै पनि सन्दीपले घरेलु लिगमा पनि समय दिएका छन् । उनले पछिल्लो समय काठमाडौं मेयर कपमा काठमाडौं मेयर-११ को कप्तानी गरेका थिए ।
यसैगरी उनले पोखरा प्रिमियर लिगमा विराटनगरमा आबद्ध हुँदै खेले । सन्दीपले राष्ट्रिय यु–१९ टोलीको पनि कप्तानी गरिसकेका छन् ।